कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकमा जर्भोस नियुक्त

काठमाडौँ — विश्व बैंकले  फारिस हदाद जर्भोसलाई नेपालसहित माल्दिभ्स र श्रीलंकाको समेत राष्ट्रिय निर्देशकको जिम्मेवारीमा नियुक्त गरेको छ ।

विश्‍व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकमा जर्भोस नियुक्त

नवनियुक्त निर्देशक जर्भोसले बुधबारदेखि नै जिम्मेवारी सम्हालेका छन् । यसअघि नेपाल, श्रीलंका र माल्दिभ्सको राष्ट्रिय निर्देशक रहेकी आइडाजी पस्वराई रिद्धीहोलाई विश्व बैंकमै अर्को नयाँ जिम्मेवारी दिइएपछि जर्भोसलाई निर्देशकमा नियुक्त गरिएको हो ।

अमेरिकी नागरिक हदाद जर्भोस सन् १९९६ देखि विश्व बैंकसँग आबद्ध छन् । उनले यसअघि मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसकेका छन् । साथै उनले यसअघि खाडी सहकार्य राष्ट्रहरूमा प्राविधिक सहकार्य प्रबन्धक, इराकमा मिसन प्रमुख र वेष्ट बैंक र गाजा क्षेत्रमा सञ्चापलन प्रबन्धकका रूपमा काम गरिसकेका छन् ।

कोभिड-१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरहरूको सम्बोधन गर्न तीन वटै देशहरूले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको वर्तमान परिप्रेक्ष्यमा उनको नियुक्ति भएको हो।

'यी मुलुकहरु कोभिड-१९संकटका विरूद्ध जुध्दै गर्दा जनजीवन र जनजीविकाको संरक्षण गर्दै आर्थिक सुघार र पुनर्स्थापना गर्नु सबैभन्दा महत्वपूर्ण छ, जर्भोसले भने, 'विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रमहरू मार्फत कोभिड-१९ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असरहरूलाई कम गर्नु,र रोजगारीका अवसरहरूको सिर्जना गर्दैसमावेशी र दीगो विकासको सुनिश्चितता गर्नुमेरो पहिलो प्राथमिकता रहनेछ। यसका लगि म तिनै राष्ट्रका सरकारहरू, विकासका साझेदारहरू, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक छु ।'

विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारहरूलाई कुल३५ करोड डलरभन्दा बढीको कोभिड-१९ आपतकालीन प्रतिकार्य परियोजनाअन्तर्गत सहयोग गरिरहेको छ जसले यी राष्ट्रहरूमा यस महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाइ सुदृढ गर्न मद्दत गर्नेछ ।

प्रकाशित : असार १७, २०७७ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?