कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनएको २५ सय पीसीआर किट सहयोग

काठमाडौँ — गैरआवासीय नेपाली संघले सुदूरपश्चिम प्रदेशका लागि कोरोना परीक्षण गर्ने २५ सय पीसीआर टेस्ट किट र २५ सय आरएनए एक्ट्रयाक्सन किट सहयोग गरेको छ ।

संघले शनिबार सुदूरपश्चिम प्रदेशका लागि स्वास्थ्य मन्त्रालयलाई उक्त किट हस्तान्तरण गरेको हो । संघका कार्यकारी निर्देशक राजेश राणाले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको रोहवरमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री लेखराज भट्टलाई उक्त किट हस्तान्तरण गरे ।

प्रकाशित : असार ९, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?