कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

चीनद्वारा रसुवालाई २ करोड ३८ लाख बराबरको खाद्यान्‍न र स्वास्थ्य सामग्री सहयोग

बलराम घिमिरे

रसुवा — तिब्बतको जिलोङ काउन्टी प्रशासनले रसुवा जिल्लालाई २ करोड ३८ लाख मूल्य बराबरको खाद्यन्‍न र स्वास्थ्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ ।

चीनद्वारा रसुवालाई २ करोड ३८ लाख बराबरको खाद्यान्‍न र स्वास्थ्य सामग्री सहयोग

जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई आइतबार खाद्यान्‍न र स्वास्थ्य सामग्री तिब्बतको जिलोङ काउन्टीले सहयोग स्वरूप उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

जिलोङ काउन्टी प्रशासनका समकक्षीसहितको अधिकारीहरुको टोलीले मितेरी पुलमा खाद्यान्‍न र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको प्रजिअ भण्डारीले बताए । सहयोग स्वरूप प्राप्त खाद्यान्‍नमा २५ केजीको १ हजार १ सय बोरा चामल, २५ केजीको १ हजार १ सय बोरा मैदा पीठो र १० लिटरको ३ सय ७८ बाक्सा खाने तेल रहेको छ ।

त्यस्तै, कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि प्राप्त स्वास्थ्य सामग्रीहरुमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) १ हजार १ सय सेट, डिस्पोजेबल मेडिकल मास्क १ लाख ३० हजार पिस, एन ९५ मास्क १ हजार ५ सय पिस र इन्फ्रारेड थर्मोमिटर १ सय १० पिस रहेको छ ।

सहयोग सामाग्री लिन प्रमुख जिल्ला अधिकारी भण्डारीसहितको सुरक्षा अधिकारीको टोली आइतबार रसुवागढी नाकामा पुगेका थिए ।

यस अघि पनि विभिन्‍न मितिमा दुई पटकसम्म जिलोङ काउन्टी प्रशासनले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिसकेको छ ।

यसैबीच जिलोङ काउन्टी प्रशासनबाट प्राप्त खाद्यान्‍न सामाग्री जिल्लाका पाँच वटै गाउँपालिकालाई आइतबार नै हस्तान्तरण गरिएको प्रजिअ भण्डारीले जानकारी दिए ।

प्रत्यक गाउँपालिकालाई २ सय १० बोरा चामल,२ सय २० बोरा मैदा र १० लिटरको ६५ बाक्सा खाने तेल हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार सुरक्षाकर्मी, अस्पताल, स्वास्थ्य चौकी, हेल्थ डेक्स, क्‍वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?