कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंक तथा वित्तीय संस्थाका सबै शाखा आइतबारदेखि सञ्चालन हुने

काठमाडौँ — राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको भीड नहुने गरी सेवा प्रवाह गर्न निर्देशन दिएको छ । एकतिहाइ कर्मचारीबाट मात्र सेवा सञ्चालन गर्नुपर्ने, आपसी दूरी कायम गर्ने, घरबाटै काम गर्ने, आलोपालो लगाउनुपर्नेलगायत विकल्प अपनाउन पनि राष्ट्र बैंकले सुझाएको छ ।

बैंक तथा वित्तीय संस्थाका सबै शाखा आइतबारदेखि सञ्चालन हुने

‘बैकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति वा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपाय अनिवार्य रुपमा अवलम्बन गर्ने,’ निर्देशनमा भनिएको छ । बैंकिङ सेवा प्रवाह गर्न आवश्यक सवारीसाधनको हकमा सम्बन्धित संस्थामा रहेका सवारीसाधन बढीमा २५ प्रतिशत मात्र चलाउन पनि भनिएको छ । त्यसका लागि सम्बन्धित बैंकको केन्द्रीय कार्यालयले पास उपलब्ध गराउनुपर्नेछ । जसमा सवारी नम्बर, सवारी उपयोग गर्नेको नाम, जानु–आउनुपर्ने स्थान तथा समय तोक्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाका सबै शाखा आइतबारदेखि सञ्चालन हुँदै छन् । चैत ११ देखि सरकारले लकडाउन घोषणा गरेपछि उनीहरुले सीमित शाखाबाट दैनिक २/३ घण्टा मात्र सेवा दिइरहेका थिए । लकडाउनको अवधिमा खुलेका बैंकका शाखामा पनि निकै न्यून मात्र ग्राहक आउने गरेका थिए ।

पूर्वसावधानी अपनाएर मात्र बैंक खुल्ने बैंकर्स संघले बताएको छ । सरकारको निर्देशनअनुसार सुरक्षा व्यवस्था मिलाएर एकतिहाइ कर्मचारीबाटै बैंक सञ्चालन गरिने संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । सरकारले उत्पादनमूलक उद्योग व्यवसाय सञ्चालन अनुमति दिएकाले बैंकिङ कारोबार बिस्तारै बढ्ने संघको भनाइ छ । सबै शाखा आइतबारदेखि खुले पनि लकडाउनका कारण ग्राहकको सहज आवतजावत नहुने भएकाले कारोबार धेरै नहुने बैंकरहरुको अनुमान छ ।

प्रकाशित : वैशाख २६, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?