हिमालयको जहाज एक महिनापछि उड्यो 

स्वास्थ्य सामग्री लिन ग्वान्जाउ 
सुरज कुँवर

काठमाडौँ — नेपालबाट चीनमा उडान गर्ने एकमात्र हिमालय एयरलायन्सको न्यारोबडी एयरबस ३२० एक महिना लामो लकडाउनपछ पहिलोपटक आइतबार साँझ मेडिकल सामग्री लिन आइतबार साँझ चीनको ग्वान्जाउतर्फ उडेको छ । 

हिमालयको जहाज एक महिनापछि उड्यो 

हिमालयका अनुसार उक्त चार्टर कार्गो उडानमा टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायत अन्य औषधिजन्य सामाग्री ल्याइने छ ।

आजै राति १२ बजे चीनको ग्वान्जाउस्थित बाइयुन अन्तर्राष्ट्रिय विमानस्थल जहाज पुग्ने छ र मेडिकल सामग्री लिएर सोमबार बिहान ७ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले यी सामाग्रीको स्वामित्वबारे खुलाउन नमिल्ने बताए ।

यो चार्टर उडान फ्ल्यास फेइट लजिस्ट प्रालीले गराएको हो । फ्ल्यासकी महाप्रबन्धक अरुणा सिग्देलले एक साताअघि ग्वान्जाउ भन्सारमा जाँचका क्रममा छुटेका करिब १५ टन मेडिकल सामान ल्याइन लागेको बताइन् ।

नेपाली चिनियाँको संयुक्त लगानीमा स्थापना भएको हिमालय ४ वटा न्यारोबडी जहाजबाट दसवटा गन्तव्यमा उडान गर्दै आएको वायुसेवा कम्पनी हो । यसले काठमाडौंबाट अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं, चाडंसा, सेन्जेन र छोड्छिंड्मां उडान गर्दै आएको छ ।

प्रकाशित : वैशाख १४, २०७७ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?