सगरमाथा आरोहणका लागि गएका आरोहण अभ्यासका क्रममा शनिबार साँझ पहिलो शिविरमा रसियन नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार, सगरमाथा आरोहण अभ्यासका क्रममा ६४ सय मिटरको उचाईमा रहेको दोस्रो शिविरबाट ६ हजार मिटरमा रहेको पहिलो शिविरमा फर्किएका रसियन नागरिक ५५ वर्षीय पावेल कोस्ट्रीकिनको मृत्यु भएको हो
विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल ७ महिनाभित्र आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका म्याग्दीका निर्मल पुर्जा (निम्सदाइ)लाई बलिउड अभिनेता अक्षय कुमारले टिभी रियालिटी शोका लागि निम्तो दिएको तर आफू नगएको खुलासा गरेका छन् ।
नेपालको हवाई बाटो भएर साउदी र दमाम जान निषेधाज्ञाअघि काठमाडौं आइ अलपत्र परेका कम्तीमा २ हजार भारतीय नागरिकसँग चार्टर भाडा चर्को लिइएपछि भारतीय दूतावासले नेपाल सरकारलाई पत्र पठाउँदै गुहार मागेको छ ।
काठमाडौंबाट जनकपुरतर्फ उड्नुपर्ने बुद्ध एयरको ‘माइक यांकी’ एटीआर विमान शुक्रबार जब पोखरा विमानस्थलको धावनमार्गमा अवतरण हुँदै थियो, एयरहोस्टेस लुमन्ती मानन्धर भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।’