२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ठगी आरोपमा आइकालु मिट सेन्टरलाई २ लाख जरिवाना

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खसीको मासुको प्रतिकिलो ५ सय रुपैयाँ बढी लिएको फेला परेपछि मिट सेन्टरलाई जरिवाना तोकिएको हो । ‘खसी मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ लिनुपर्नेमा १८ सयमा बिक्री गरेको पाइयो,’ विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने, ‘उपभोक्तालाई ठगी गरेको आरोपमा २ लाख जरिवाना गर्‍यौं ।’

ठगी आरोपमा आइकालु मिट सेन्टरलाई २ लाख जरिवाना

आइकालुलाई उपभोक्ता सरक्षण ऐन २०७५को १६ (२) (क) ३८ (ङ)को कसुरमा ३९ (ख) बमोजिम जरिवाना गरेको उनले बताए । विभागका अनुसार आइकालुले बढी मूल्य लिएको सन्दर्भमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा जरिवाना गरेको हो । उजुरीमा आधा किलोको ९ सय रुपैयाँ लिएको उल्लेख छ । सोही आधारमा अनुगमन गरेको विभागले जनाएको छ ।


निर्देशक मिश्रका अनुसार आइकालु सञ्‍चालकले जिउँदोमा लागत खर्च ८ सय रुपैयाँ परेको स्पष्टिकरण दिएका थिए । ग्राहकले जति परे पनि ल्याइदिनु खान्छौं भनेपछि आधा किलोको ९ सय रुपैयाँ लिएको उनले स्पष्टीकरण दिएका थिए ।


निर्देशक मिश्रका अनुसार जिउँदो खसी किलोको करिब ७ सय रुपैयाँ हो । ‘त्यही आधारमा तयारी मासु १३ सय रुपैयाँभन्दा बढी पर्दैन,’ उनले भने ।

प्रकाशित : चैत्र २८, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?