१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

कोरोना कोषमा अर्थ मन्त्रालय र मातहतका निकायबाट सवा अर्ब सहयोग

काठमाडौँ — सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा अर्थ मन्त्रालय मातहतका निकाय तथा बैंकले गरी १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ सहयोग गरेका छन् । 

कोरोना कोषमा अर्थ मन्त्रालय र मातहतका निकायबाट सवा अर्ब सहयोग

चैत ९ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि रकम जम्मा गर्न सरकारका तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो । कोषमा अर्थ, उद्योग, सञ्चार मन्त्रालयका निकाय, बैंकलगायतको सहयोग छ । उक्त कोषमा विभिन्न निजी संस्था तथा सरकारी कर्मचारी, सांसदलगायतले सहयोग गर्ने क्रम जारी छ ।


प्रधानमन्त्रीको कार्यालयका अनुसार विभिन्न संस्था एवं निकायले गरेको सहयोग यस्तो छ—


१. नेपाल आयल निगम ५० करोड रुपैयाँ

२. नेपाल दूरसञ्चार प्राधिकरण १५ करोड रुपैयाँ

३. नेपाल टेलिकम १२ करोड रुपैयां

४. कर्मचारी सञ्चय कोष ५ करोड रुपैयां

५. बिमा समिति ५ करोड रुपैयां

६. नेपाल स्टक एक्सचेन्ज ३ करोड ५१ लाख रुपैयां

७. नेपाल धितोपत्र बोर्ड ३ करोड रुपैयां

८. कर्जा तथा निक्षेप सुरक्षण कोष ३ करोड रुपैयां

९. राष्ट्रिय बीमा कम्पनी लिमिटेड २ करोड रुपैयां

१०. नागरिक लगानी कोष २ करोड रुपैयां

११. नेपाल पुनर्बिमा संस्थान १ करोड ११ लाख रुपैयां

१२. राष्टिय बिमा संस्थान १ करोड रुपैयां

१३. सीडीएस कम्पनी ३५ लाख रुपैयां

१४. २० भन्दा बढी बैंकबाट २२ करोड रुपैयां


प्रकाशित : चैत्र २०, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?