२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

निगमले भन्यो— पेट्रोल र डिजेलको मौज्दात पर्याप्त छ  

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोल र डिजेलको भण्डारण क्षमताअनुसार मौज्दात पर्याप्त गरेको जनाएको छ । हाल मुलुकभर पेट्रोलको भण्डारण क्षमता ८ हजार ६ सय ३२ किलोलिटर छ ।

निगमले भन्यो— पेट्रोल र डिजेलको मौज्दात पर्याप्त छ  

तीमध्ये ७ हजार १ सय ४७ किलोमिटर पेट्रोल मौज्दात रहेको निगमले बताएको छ । डिजेलको भण्डारण क्षमता ४५ हजार ५ सय ३४ किलोलिटर हो । तीमध्ये ४० हजार ४ सय ७२ किलोलिटर मौज्दात रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।


‘सुरक्षाका दृष्टिकोणले १० प्रतिशत खाली राख्नुपर्छ । तीबाहेक पेट्रोल र डिजेलको मौज्दात पूर्ण रुपमा भरेका छौ,’ उनले भने, ‘आयात सहजै छ । इन्धनमा समस्या हुँदैन ।’

निगमका अनुसार काठमाडौमा पेट्रोलको भण्डारण क्षमता ५ हजार ३ सय १० किलोलिटर छ । जसमध्ये ४ हजार ५ सय ६९ किलोलिटर मौज्दात रहेको निगमले जनाएको छ ।


अमलेखगन्जमा १ हजार ९ सय ३० किलोलिटर क्षमता छ । त्यसमा १ हजार ६ सय ८८ किलोलिटर मौज्दात छ । पोखरामा ३ सय ५० किलोलिटर क्षमतामध्ये ३ सय १२ किलोलिटर मौज्दात छ । नेपालगन्जमा २ सय १० किलोलिटरमध्ये १ सय ४८ किलोलिटर, भैरहवामा १ सय ४० किलोलिटरमध्ये ८० किलोलिटर मौज्दात रहेको पौडेलले बताए । जनकपुर र धनगढीमा पनि पेट्रोल मौज्दात रहेको पौडेलको भनाइ छ । पेट्रोल जस्तै डिजेल पनि सबै भण्डारण क्षेत्रमा मौज्दात रहेको उनले बताए । 
मट्टीतेलको मौज्दात भने ५२ प्रतिशत मात्रै रहेको निगमको तथ्यांक छ । मुलुकभर ५ हजार ६८ किलोलिटर क्षमतामध्ये २ हजार ६ सय २७ किलोलिटर मात्रै मट्टीतेल मौज्दात छ । माग नभएकाले निगमले मट्टीतेलको मौज्दातमा चासो दिएको छैन ।


प्रकाशित : चैत्र १४, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?