कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगमलाई ‘सार्वजनिक कम्पनी’ बनाउन पत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वायु सेवा निगम व्यवस्थापनले हालको अवस्थालाई बदलेर ५० अर्बको अधिकृत पुँजी संरचना बनाउनुपर्ने रायसहित सरकारलाई ‘सार्वजनिक कम्पनी’ मा रूपान्तरण गर्न बाटो खुला गरिदिएको छ । 

निगमलाई ‘सार्वजनिक कम्पनी’ बनाउन पत्र

निगम व्यवस्थापनले बुधबार संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न बाटो खुला गरिदिएको हो । निगमले हालको लगानी संरचनामा सरकारको ७५ प्रतिशत, सरकारी स्वामित्वका निकायलाई २२ प्रतिशत र निगममा कार्यरत स्थायी कर्मचारीलाई ३ प्रतिशत सेयर दिन सकिने राय मन्त्रालयलाई पठाएको हो । जसमा ५० अर्ब अधिकृत पुँजी, २५ अर्ब जारी पुँजी र २५ अर्ब चुक्ता पुँजी संरचना रहने भनिएको छ । निगमको वर्तमान पुँजी संरचना जम्मा ३ अर्बको छ, जसमध्ये अधिकृत पुँजी ३० करोडमात्रै हो ।


सरकारले गत भदौमा निगमको संरचना बदलेर सार्वजनिक कम्पनीमा लैजाने भनेको थियो । निगम सञ्चालक समितिको बैठकले फागुन ८ मा सार्वजनिक कम्पनीमा लैजाने प्रस्ताव पारित गरेको थियो । बैठकका निर्णयअनुसार निगमको व्यवस्थापनले सरकारलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न बाटो खुला गरेको हो ।

प्रकाशित : फाल्गुन २६, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?