कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक : अर्थमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन् । ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशतभन्दा माथिको बहस हुने गरेको बताएका हुन् । 

६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक : अर्थमन्त्री

उनले राज्यसत्तामा रहँदा ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सरेको बताए । उनले ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नर्हेरु अहिले ६/७ प्रतिशतको वृद्धिदर हुने र सरकारले लक्ष्य पूरा नहुने भन्दै आलोचना गर्न अग्रसर हुने गरेको बताए । मन्त्री खतिवडाले भने, ‘कसैकसैले आर्थिक वृद्धि ८ प्रतिशत हुादैन भनेर ठूलो बहस चलाइरहनु भएको छ भन्दाखेरी ६/७ को कुरा गर्नुहुन्छ बहसको स्तर नै अब ५ प्रतिशतभन्दा माथि पुगेको छ । ३/४ प्रतिशतको कुरै गर्न छाड्नुभयो ।’

तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरुसाग छलफल चलाउनुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए । उनले दुई वर्षमा औसतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको बताए ।

कार्यक्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताए । उनले वित्तीय सघियताको पाटोमा अलिकति सुधार गर्नुपर्ने र त्यसका लागि तालिम केन्द्रको अभ्यास अगाडि बढाउनुपर्ने तालिम केन्द्रलाई अनुसन्धानउन्मुख बनाउनुपर्ने बताए ।

तालिम केन्द्रले नयाा भवनको निर्माण २९ करोड ३३ लाख ७ हजार रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि २२ करोड ५२ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको जनाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७६ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?