कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् वितरण स्तरोन्‍नति गर्न १२ अर्ब ऋण

कान्तिपुर संवाददाता

काठमाडौँ —  विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना कार्यान्वयनका लागि युरोपेली लगानी बैंकले १२ अर्ब ४१ करोड रुपैयाँ बराबरको ऋण सहायता प्रदान गर्ने भएको छ । उक्त ऋण सहायताका लागि युरोपेली बैंक र नेपाल सरकारबीच गत माघ २९ गते वित्तीय सम्झौता भएको छ । 

अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा सहसचिव कृष्ण नेपाल, युरोपेली बैंकका डाइरेक्टर मारिया स बारागन र लिगल काउन्सेल बोर्जा आक्जाङ्गोइटीले इमेलमार्फत हस्ताक्षर गरेका थिए । कर्णाली र सुदूरपश्चिम प्रदेशका जनतामा विद्युत् पहुँच बढाउने, आपूर्तिको गुणस्तर एवं दक्षता बढाउने र ऊर्जा व्यापारलाई सहजीकरण गर्ने उद्देश्य रहेको विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन गर्ने आयोजनाअन्तर्गत ३३ र ११ किलो भोल्टका सबस्टेसन, आपूर्ति लाइन निर्माण, वितरण ट्रान्सफर्मर र आयोजनाको कार्यान्वयनमा सहयोग गर्ने क्षमता विकासका क्रियाकलाप सञ्चालन हुनेछ । उक्त आयोजनामा अपुग रकममध्ये ११ करोड २३ लाख अमेरिकी डलर बराबरको ऋण एसियाली पूर्वाधार लगानी बैंकबाट सहलगानीका लागि वार्ता भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन ५, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?