अरुण तेस्रोको लगानी जुट्यो
काठमाडौँ — लगानी बोर्डले अरुण तेस्रोको वैदेशिक लगानी स्वीकृत गरेको छ । संखुवासभामा निर्माणाधीन आयोजनाका लागि बोर्ड बैठकले लगानी स्वीकृत गरेको बोर्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
गत वर्ष चैत दोस्रो साता भएको लगानी सम्मेलनका क्रममा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकबीच संयुक्त रूपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । आयोजनामा स्टेट बैंक इन्डियाले ६ अर्ब ६० करोड, एभरेस्ट बैंकले ८ अर्ब र नबिल बैंकले ४ अर्ब ८७ करोड लगानी गर्ने समझदारी भएको थियो ।
भारतको सतलज विद्युत् निगमले निर्माण गरिरहेको आयोजनामा कुन निकायले लगानी गर्ने भन्ने विषयमा लगानी बोर्डले सार्वजनिक गरेको छैन ।
९ सय मेगावाट क्षमताको आयोजनको कुल लागत १ खर्ब १४ अर्ब अनुमान गरिएको छ । आयोजनाको प्रवर्द्धक सतलज विद्युत् निगम र बोर्डबीच सन् २०१४ मा परियोजना विकास सम्झौतामा हस्ताक्षर भएको थियो ।
प्रकाशित : माघ २३, २०७६ १५:१५