कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीयता मूल्यांकनबारे प्रतिवेदन

काठमाडौँ — पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरूले नेपालमा संघीयता कार्यान्वयनका लागि आवश्यक क्षमताको मूल्यांकन प्रतिवेदनको निष्कर्ष कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । 

अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिकीकरण तथा निष्कर्ष आदानप्रदान कार्यक्रममा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्गोसले प्रतिवेदनको निष्कर्षबारे जानकारी गराए ।


कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले संघीयता कार्यान्वयनको संक्रमणकालमा विकास क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । प्रतिवेदनले प्रदेशस्तरमा सार्वजनिक सेवा प्रवाह सुधार ल्याउन सहयोग पुग्ने उनको भनाइ छ । प्रतिवेदनले प्रदेश तथा स्थानीयस्तरमा संघीयता कार्यान्वयनका लागि आवश्यक क्षमता मूल्यांकन गरेको छ । साथै तीनै तहका सरकारले तय गर्नुपर्ने अल्पकालीन, दीर्घकालीन प्राथमिकताबारे पनि दिशानिर्देश गरेको छ ।


प्रकाशित : माघ १७, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?