१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रसुवागढी नाकामा १५ दिनसम्म आवतजावतमा रोक

बलराम घिमिरे

रसुवा — चिनियाँ पक्षले बुधबारदेखि केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी आवतजावतमा रोक लागाएको छ । १५ दिनसम्मका लागि रसुवागढी नाकाबाट केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी आवतजावतमा गर्न रोक लगाएको हो । 

रसुवागढी नाकामा १५ दिनसम्म आवतजावतमा रोक

बुधबार नाकामा सवारी साधन चलेका छैनन् भने पर्यटकहरुको पनि आवत जावत नभएको सशस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म टिमुरेले बताएको छ । नाकामा दुवै देशतर्फका सरकारी कार्यालयहरु भने खुल्ला रहेका छन् । चीनतर्फको बजार पनि खुल्ला रहेको छ ।

नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवा बासिलाई नाका पारीसम्म मात्र आउजाउ गर्न दिइएको छ । मंगलबार चिनियाँ पक्षले नै केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी आवत जावतमा रोक लगाउने जानकारी दिएको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन सहायक केशर बहादुर राईले बताए । ‘चिनियाँ पक्षले नै १५ दिनका लागि मानिस र सवारी साधन आवतजावत गर्न रोक लगाएको हो,’ उनले भने,‘ नाका नै बन्द गरिएको भने होइन । ’

मंगलबार बिहान रसुवागढी नाकामा दुवै देशका सीमा सुरक्षा अधिकारीहरुबीच भएको अनौपचारिक बैठकमा चिनियाँ पक्षले बुधबारदेखि मानिस तथा सवारी आवतजावतमा रोक लागाउने जानकारी दिएका थिए ।

कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटना हुन सक्ने र ल्होसार पर्वमा परेको लामो सार्वजनिक बिदाको कारण देखाउँदै चिनियाँ पक्षले आवतजावतमा रोक लगाएको हो ।

प्रकाशित : माघ १५, २०७६ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?