कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन तोलाको ७६ हजार पुग्याे

काठमाडौँ — नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ५०० रुपैयाँ पुगेको छ । 

सुन तोलाको ७६ हजार पुग्याे

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला ७५ हजार २०० मा खरिद बिक्री भएको थियो ।


स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९०० निर्धारण गरेको छ । माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत पुस २३ गते छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० पुगेको थियो ।

प्रकाशित : माघ १३, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?