कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार भन्सार राजश्वमा केन्द्रित छैन् : अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले सरकार भन्सार राजश्वमा केन्द्रित नभएकोले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले व्यापार घाटा कम हुादा राजश्व घटेको तर सरकार व्यवसायीलाई डण्डा लगाएर राजश्व असुल्ने पक्षमा नरहेको बताए । 

सरकार भन्सार राजश्वमा केन्द्रित छैन् : अर्थमन्त्री

‘व्यापार घाटा कम हुन थाल्यो अलिकती आयातित वस्तुहरु कम हुादा राजश्व पनि कम हुन थाल्यो अर्को त्रास, फेरी राजश्व कम भयो अब सरकारले डण्डा लगाएर कहााबाट राजश्व उठाउाछ भन्ने अर्को त्रास, हामी त्यसो गर्दैनौं,’ खतिवडाले बताए ।


खतिवडाले सरकारले जति कर लाग्ने आय हो त्यतिमा मात्रै राजश्व उठाउने लक्ष्य रोखकोले व्यवसायीहरुलाई नडराउन आग्रह गरे । भन्सार राजश्वमै केन्द्रीत भएर अर्थतन्त्र लामो समयसम्म चल्न नसक्ने उनको भनाइ छ ।


खतिवडाले आन्तरिक राजश्वको वृद्धि दर पनि बढ्दै गएकाले मुलुक आयातमा आधारित राजश्व प्रणालीबाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारीत राजश्व प्रणालीमा गइसकेको बताए । अर्थमन्त्री खतिवडाले लक्ष्य अनुरुपको राजश्व नउठ्दा समेत आफु नडराएको बताए ।


उनले विदेशी मुद्रा सञ्चितीमा दक्षिण एसियामै राम्रो रहेको र पछिल्लो समय बैंक ब्याजदर पनि तल रहेकोले अर्थतन्त्रमा कुनै समस्या नदेखिएको बताए । मुलुकभित्र लगानी वृद्धि गरी उत्पादन बढाउने र निर्यात बढाउने लक्ष्य सरकारले राखेको बताए ।


उनले भने, ‘औद्योगिक वातावरण बनाउने र मुलुकलाई आफ्नो उत्पादन प्रणालीलाई बलियो बनाउन औद्योगिक संरक्षण दिने कुरा हो, अलिकति हाम्रो आर्थिक वृद्धिको लागि आन्तरिक बजार पनि पुग्दैन् भनेर निर्यात ढाउन पनि जोड दिनुपर्छ भनेर भन्सारका दरहरु निर्यातमा न्यूनतम राख्नुको एउटा कारण निर्यात बढेन भने आर्थिक वृद्धि हुादैन भन्ने हो ।’

प्रकाशित : माघ १२, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?