कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पाम आयल निर्यात समस्या टुंगिन्छ’

काठमाडौँ — भारततर्फ पाम आयल निर्यातमा समस्या देखिएपछि आफूहरूले समाधानको प्रयास थालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बताएका छन् । 

नेपाल उद्योग परिसंघ (सीएनआई) ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘देशको समग्र आर्थिक स्थिति र उद्योग व्यवसायमा तत्काल सम्बोधन’ विषयक कार्यक्रममा उनले निर्यातजन्य वस्तुको उत्पादन बढाउन निकासी गृह निर्माणमा केन्द्रित भएको जानकारी दिए ।


बल्क कार्गोका लागि विराटनगर र भैरहवा पनि खुला गरिएको उनको भनाइ छ । साथै भारततर्फ जलमार्ग उपयोगका सम्बन्धमा छिट्टै सम्झौता गर्ने तयारी भइरहेको उनले बताए । चीनतर्फको पारवहन सुविधा उपयोग गर्न उनले व्यवसायीलाई आग्रह गरे । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा अर्थसचिव राजन खनालले पुँजीगत खर्च बढाएर बजारमा माग सिर्जना गर्ने र कानुन सुधारमार्फत लगानीको वातावरण बनाउने बताए ।





प्रकाशित : पुस २९, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?