कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेढ सय मेगावाट विद्युत् थपियो

काठमाडौँ — चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा १४७ दशमलव ५ मेगावाट जडित क्षमता भएका विद्युत् आयोजनाहरू राष्ट्रिय प्रणालीमा जोडिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्राधिकरण अन्तर्गतका २ र निजी क्षेत्रका ६ वटा गरी ८ वटा विद्युत् आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएका हुन् । प्राधिकरणअन्तर्गतका आयोजनाको जडित क्षमता ७४ मेगावाट छ भने निजी क्षेत्रका आयोजनाको जडित क्षमता ७३ दशमलव ५ मेगावाट छ । यो अवधिमा विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको वित्तीय प्रगति १०२ प्रतिशत भएको प्राधिकरणले जनाएको छ । यी आयोजनामा पहिलो चौमासिकमा १३ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकामा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।


प्राधिकरणले चालु आवमा नेपाल सरकारको स्रोतबाट १० अर्ब ३१ करोड र वैदेशिक ऋण तथा अनुदानबाट ४५ अर्ब ३० करोड गरी ५५ अर्ब ६१ करोड रुपैयाँ बजेट पाएको छ ।

प्रकाशित : मंसिर २७, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?