नेपाल उत्कृष्ट गन्तव्य

कान्तिपुर संवाददाता

काठमाडौँ — संसारका ९० मुलुकमा फैलिएको पर्यटन क्षेत्रमा कहलिएका र नेतृत्वदायी भूमिकामा रहेका व्यवसायीहरूको संस्था स्कलले नेपाललाई सन् २०२० का लागि उत्कृष्ट गन्तव्य मुलुक (स्कल डेस्टिनेसन अफ द एयर २०२०) घोषणा गरेको छ ।


विश्वभर १५ हजार सदस्य भएको यो संस्थाको घोषणाले भ्रमण वर्ष २०२० लाई थप मद्दत पुग्ने जनाउदै काठमाडौंस्थित स्कल क्लब अफ नेपालले शुक्रबारदेखि काठमाडौंबाट चितवन, पोखरा हुदै काठमाडौंसम्मकालागि तीन दिने कार र्‍याली आयोजना गर्ने भएको छ ।


सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्कल क्लब अफ नेपालका अध्यक्ष प्रविनबहादुर पाण्डेले नेपाललाई स्कल इन्टरनेसनलले पहिलो नम्बरको गन्तव्यको सूचीमा राख्नुले विश्वभर नेपालको प्रचारमा थप मद्दत पुग्ने बताए । उनले नेपाल भम्रण वर्षबारे जागरण गर्ने र स्थानीय पर्यटन व्यवसायीसँग अर्न्तक्रिया गर्ने र्‍यालीको उद्धेश्य रहेको बताए । र्‍यालीमा काठमाडौंबाट ३५ जना पर्यटन, एयरलाइन्स, होटल, टुर एण्ड ट्राभल व्यवसायी आफै गाडी चलाएर सहभागी हुँदै छन् ।

प्रकाशित : मंसिर १६, २०७६ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्

हेर्नुहोस् तस्बिरमा गढीमाई मेलाको रौनक

लक्ष्मी साह

बारा — एकैपटक धेरै बली दिइने मेलाको रुपमा चर्चित बाराको गढीमाई मेला भर्न आउने दर्शनार्थीहरुको घुँइचो लागेको छ । भोलि बली चढाउने दिन हो । भोलि बिहानैदेखि बली चढाउन सुरु हुने छ । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई -१ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लागेको छ ।

मेला मंसिर महिनाभरी चल्नेछ । बलीका लागि हजारौं बोका, राँगा र परेवा ल्याइएको छ । नेपाल मात्रै नभइ भारतबाट पनि बली दिन आउनेहरुको संख्या उल्लेख्य छ ।

प्रकाशित : मंसिर १६, २०७६ २०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×