कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

‘सहकारीमा सन्दर्भ दर लागू भएरै छोड्छ’

काठमाडौँ — सहकारी संघसंस्थाले लगानी गर्दा लिन पाउने अधिकतम १६ प्रतिशत ब्याज (सन्दर्भ दर) लागू गराएरै छोड्ने संकेत सरकारले गरेको छ । सन्दर्भ ब्याजदर परिमार्जनका लागि सहकारीका अगुवा, सहकारी संघसंस्थाले संयुक्त रूपमा आग्रह गरिरहेको समयमा सरकारका तर्फबाट यस्तो भनाइ आएको हो । 

सहकारीमा सन्दर्भ ब्याजदर कार्यान्वयनको अवस्थाबारे शुक्रबार आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले यस्तो बताएका हुन् । ‘तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकनको कुनै गुन्जायस छैन,’ उनले भने, ‘तोकिएको ब्याजदर शतप्रतिशत कार्यान्वयन हुन्छ ।’


सहकारीको सुशासनका लागि सन्दर्भ दर लागू भएकाले कार्यान्वयनमा शंका नगर्न उनले सरोकारवालालाई आग्रह गरे । ‘सहकारीले बढी ब्याज लिएर सदस्यको शोषण गर्ने, सदस्यको धितो लिलाम गरी आफै सकार्ने, सदस्यलाई सुकुम्बासी बनाउनेलगायत गलत प्रवृति धेरै छ,’ उनले भने ।


सहकारी ऐनकै आधारमा स्थापना भएका संस्थाले सन्दर्भ दर मान्दिनौ भन्ने छुट नभएको सचिव गौतमले बताए । ‘सहकारी संस्था सञ्चालन गर्न समस्या भए अर्को व्यवसाय रोजे हुन्छ,’ उनले भने, ‘सदस्यको शोषण गरेर नाफा आर्जन गर्ने छुट अब सहकारीले पाउँदैनन् ।’


सहकारी वैधानिक साहु बन्न खोजेको आरोप उनले लगाए । उनले थपे, ‘हामीले सहकारीको स्वायत्तता र स्वतन्त्रताको हस्तक्षेप गरेको नभई ऐनको परिपालना गराउन खोजेका हौं ।’ नीति नियम सञ्चालकको हितमा मात्र नहुने भएकाले आफ्नो हितविपरीत भयो भन्दैमा विरोध नगर्न उनले आग्रह गरे । ‘सदस्यको हित हुने गरी सञ्चालन नहुने सहकारी अब कारबाहीमा पर्छन्,’ उनले भने ।

प्रकाशित : मंसिर १, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?