कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुलाबारीमा अन्तर्राष्ट्रिय वाणिज्य मेला

कान्तिपुर संवाददाता

(काँकडभिट्टा) — झापाको व्यापारिक केन्द्र धुलाबारीमा अन्तर्राष्ट्रिय वाणिज्य महोत्सव हुने भएको छ । पुस ९ देखि १६ सम्म महोत्सव आयोजना गरिने मेची उद्योग वाणिज्य संघ धुलाबारीले बुधबार पत्रकार सम्मेलनमा गरी जनाएको छ ।

धुलाबारीमा अन्तर्राष्ट्रिय वाणिज्य मेला

महोत्सवमा भारत, बंगलादेश, भुटान र चीनका व्यापारिक स्टलहरू राखिने छन् । छिमेकी राष्ट्रका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरूलाई एउटै मञ्चमा भेला गराई सामग्रीहरूको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष ऋषिराज तिम्सिनाले जनाए । उनका अनुसार नेपाली उत्पादक, व्यवसायी र अन्य मुलुकका व्यवसायीहरूबीच बिजनेस टु बिजनेस वार्ता गराइने जनाए ।


यसले नेपाली उत्पादनको वैदेशिक प्रवर्द्धनमा टेवा पुग्ने आशा आयोजकको छ । वाणिज्य संघले यसअघि २०६० र ७० सालमा पूर्वाञ्चलस्तरीय औद्योगिक तथा व्यापार मेला आयोजना गरेको थियो । त्यसबेला पनि बंगलादेश, भारत, चीन र पाकिस्तानका व्यवसायीहरू सहभागी थिए । ‘यस पटक पनि ती देशका व्यवसायी सहभागी बन्ने कुरामा हामी ढुक्क छौं,’ महासचिव ध्रुव कनालले भने ।


महोत्सवमा विदेशका वस्तुहरू र पहाडी जिल्लाका कृषिजन्य र अन्य उत्पादनका करिब २ सय स्टलहरू राखिने महोत्सव आयोजक समितिका अध्यक्ष भूमि पौडेलले जानकारी दिए । उनका अनुसार करिब एक लाख जनाले महोत्सव अवलोकन गर्ने र ५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?