कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘व्यापार घाटा कम गर्न समन्वय’

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले व्यापार घाटा न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताएका छन् । मंगलबार उद्योग परिसंघका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री खतिवडाले घाटा कम गर्न निर्यात प्रवर्द्धनमा जोड दिने बताए । 

‘व्यापार घाटा कम गर्न समन्वय’

‘व्यापार घाटा कम गर्न नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयको काम भइरहेको छ,’ उनले भने, ‘निजी क्षेत्रलाई प्राथमिकतामा राखी समस्याहरूको सम्बोधन हुन्छ ।’ परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाई कायम राख्दै थप सुधारका पहल गर्न अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । छलफलमा परिसंघका अध्यक्ष सतीशकुमार मोरले आयात प्रतिस्थापनमा भइरहेका सुधारका लागि निर्यातको क्रममा थप प्रोत्साहन आवश्यक रहेको बताए ।




प्रकाशित : कार्तिक २८, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?