कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मूल्य वृद्धिदर ६.१६ प्रतिशत

कान्तिपुर संवाददाता

काठमाडौँ — चालू आर्थिक वर्षको दोस्रो महिनामा पनि औसत मूल्य वृद्धिदर लक्ष्यित सीमाभन्दा माथि रह्यो । तरकारी, फलफूल, मासु तथा माछा, मसला लुगा तथा जुत्ता, घरायसी उपभोग्य वस्तु तथा सेवाको मूल्य उच्च भएकाले गत भदौमा मूल्य वृद्धिदर लक्षित सीमा भन्दा माथि रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ६ प्रतिशत मूल्य वृद्धिदर कायम राख्न लक्ष्य तय गरेको छ । जबकी गत साउनमा पनि मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा माथि थियो ।


भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.५१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको ५.८९ प्रतिशत छ । ‘खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च छ ।’


क्षेत्रगत रुपमा काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर सबैभन्दा धेरै छ । राष्ट्र बैंकको अनुसार गत भदौमा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.९० प्रतिशत, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत छ । ०७५ भदौमा काठमाडौं उपत्यकामा २.९८ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ५.० प्रतिशत र हिमालमा ३.३५ प्रतिशत मूल्य वृद्धि दर रहेको थियो ।

प्रकाशित : कार्तिक ६, २०७६ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?