कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोदावरी फूल प्रदर्शनी सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — फ्लोरिकल्चर एसोसिएसनले आयोजना गरेको ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी-२०७६’ शुक्रबारदेखि सुरु भएको छ ।

गोदावरी फूल प्रदर्शनी सुरु

ललितपुर जावलाखेलको खेल मैदानमा भइरहेको प्रतियोगितात्मक प्रदर्शनी चार दिनसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले गरेका थिए । नेपालमा पुष्प व्यवसायको सन्दर्भमा फूलको व्यावसायिक खेती फस्टाउँदो रहे पनि यस क्षेत्रको विकास गर्न बाँकी रहेको उनले बताए ।


‘पुष्प व्यवसायका लागि चाहिने विभिन्न जाति तथा प्रजातिहरूका बिरुवाहरूको आधुनिक र वैज्ञानिक रूपमा खेती गर्न आवश्यक रहेको छ,’ उनले उद्घाटन समारोहमा भने, ‘आयातको मात्रालाई न्यून गर्न र निर्यातलाई प्रवर्द्धन गर्नेबारे राष्ट्रिय नीतिमा समावेश हुन आवश्यक रहेको छ ।’


मेलाहरूको आयोजना गर्दा कसरी गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँचको विस्तारको सन्दर्भमा कस्तो खालको योजना बनाउने विषयमा उनले आफ्नो धारणा व्यक्त गरेका थिए । पुष्प व्यवसायको क्षेत्रलाई अहिलेसम्म निजी क्षेत्रले नै अगाडि बढाइरहेको यसमा फूलको जातीय विकास कसरी गर्ने र कस्ता वैज्ञानिक संरचना चाहिन्छन् भन्ने विषयमा संघले सघाउन सक्ने उनले बताए ।


‘यसबारे संघले प्रतिवेदन तयार गरी आर्थिक हिसाबले यी कार्यक्रमहरूमा कस्तो सहयोग चाहिन्छ, कसरी अगाडि बढाउँदा ठीक हुन्छ, त्यसका लागि तत्कालै सोच्नेछौं,’ उनले भने, ‘यसको बजेटका लागि त्यति ठूलो समस्या छैन, त्यसका लागि केही नीतिगत बाधा छन् भने हटाउन सकिन्छ ।’

प्रकाशित : कार्तिक २, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?