कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोटिङ मेसिनले काम नगरेपछि एनआरएनको मतदान स्थगित

मतदान स्थलमा नाराबाजी
कान्तिपुर संवाददाता

काठमाडौँ — भोटिङ मेसिनले काम नगरेपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान स्थगित भएको छ । मतदान स्थगित भएपछि मतदान स्थलमा नाराबाजी भएको छ ।

भोटिङ मेसिनले काम नगरेपछि एनआरएनको मतदान स्थगित

एक जना मतदाताले मतदान गरेपछि मेसिन बिग्रिएको निर्वाचन कमिटीका सदस्य कुलप्रसाद पाण्डेले बताए । भोटिङ मेसिन बनाएपछि बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया पुन:सुरु हुने उनले बताए ।


एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशनमा ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका छन् ।


निर्वाचन कमिटीका सदस्य पाण्डेका अनुसार ४ उपाध्यक्षका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन्।

प्रकाशित : आश्विन २९, २०७६ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?