कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिया प्रशोधन गर्ने प्रक्रिया कमजोरी

कान्तिपुर संवाददाता

इलाम — दक्ष जनशक्तिको अभाव खेप्दै आएको यहाँको चिया क्षेत्रमा पछिल्लो समय त्यसको प्रत्यक्ष मार उद्योगहरूमा देखिएको छ । कृषक स्तरबाट नै खुलेका साना र मझौला उद्योगमा प्रशोधनका लागि दक्ष जनशक्ति अभाव देखिएको हो ।

पछिल्लो समय जिल्लामा साना र मझौला गरी डेढ सय धेरै चिया उद्योग स्थापना भएका छन् । अर्थोडक्स चिया उत्पादन गर्ने यस्ता उद्योगले काम चलाउ ढंगले मात्र प्रशोधनको काम अघि बढाएका हुन् ।


जनशक्ति नै नपाइने र उद्योगीले धेरै रकम खर्च गरेर प्राविधिक राख्न नसकेका कारण त्यसको असर चियाको गुणस्तरमा परेको हो । चिया तथा कफी विकास बोर्डले उद्योगीलाई नै दक्ष बनाउने प्रयास थाले पनि त्यो पर्याप्त देखिँदैन ।

‘आफैं कृषक, श्रमिक र उद्यामी भएपछि धेरै कुरामा समस्या खेप्नुपरेको छ,’ सूर्योदय नगरपालिका मालुमका जीवन नेपालले भने, ‘जसोतसो कारखाना सञ्चालन गरिए पनि त्यसालाई सुकाउने, क्वालिटी मेन्टेन गर्ने, प्याकिङ गर्नेजस्ता धेरै कुरामा अझै पनि कमजोरी देखिएको छ ।’ अधिकांश यस्ता उद्योगीले प्रशोधनमा देखिएको त्रुटिलाई स्विकारेका छन् ।


प्रकाशित : आश्विन २६, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?