कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंक ह्याकमाथि अनुसन्धान सुरु

लाहान — ह्याकरको समूहले लहानस्थित कृषि विकास बैंक शाखाको पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरेको देखिएपछि विशेषज्ञ टोलीले मंगलबार रातिदेखि लहानस्थित कार्यालयबाट अनुसन्धान सुरु गरेको छ  ।

बैंकको प्रविधि दुरुपयोग गरी रकम झिकिएको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अपराध अनुसन्धान अधिकृत र सूचना प्रविधि विशेषज्ञ रहेको ३ जनाको टोलीले छानबिन सुरु गरेको बैंकका क्षेत्रीय निर्देशक धनेन्द्र अधिकारीले जानकारी दिए  ।

लहानस्थित शाखाको पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर भएको घटना बाहिरिएसँगै टोली आइपुगेको हो । टोलीमा संलग्नको नाम भने सार्वजनिक गरिएको छैन । कार्यालय समयमा सेवाग्राही रकम कारोबारका लागि पुगे पनि बैंकले छानबिन भइरहेको भन्दै केही घण्टाका लागि सेवा बन्द गरेको थियो ।

टोलीले लहानस्थित बैंकमा कार्यरत कर्मचारीलाई समेत कार्यकक्षमा जान नदिईकन अनुसन्धान गरेको थियो । आवश्यक परेका बेला बोलाउने गरेको कर्मचारीले बताए । बैंक स्रोतका अनुसार अनुसन्धानका क्रममा लहान शाखाले प्रयोग गर्दै आएका सातवटै कम्प्युटर हेरिएको थियो । सातवटै कम्प्युटरलाई सिलबन्दी गरेको बैंकका शाखा प्रबन्धक रामसेवक यादवले जानकारी दिए ।

प्रकाशित : आश्विन ९, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?