कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडबाडका लागि २० हजार मेट्रिक टन चिनी ल्याइने

काठमाडौँ — सरकारले दसैं, तिहार, छठलगायत चाडबाडमा चिनी अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ ।

चाडबाडका लागि २० हजार मेट्रिक टन चिनी ल्याइने

प्रवक्ता बाँस्कोटाका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न स्वीकृति दिइएको छ ।


चाडपर्वका बेला व्यापारीले चिनीको कृत्रिम अभाव बनाई मूल्यवृद्धि गर्न सक्ने आशंका गर्दै सरकारले बजारमा हस्तक्षेप गर्न सरकारी कम्पनीमार्फत चिनी आयात गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

प्रकाशित : आश्विन ३, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?