कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको मूल्य तोलाको १४ सयले घट्यो

काठमाडौँ — लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासंघका अनुसार आज सुन तोलाको एक हजार ४ सय र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ । 

सुनको मूल्य तोलाको १४ सयले घट्यो

स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य ७२ हजार कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला १ सयले घटेको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ७३ हजार १ सयमा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा खरीदबिक्री भएको थियो ।

प्रकाशित : भाद्र २०, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?