कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब विदेशी मुद्राको निक्षेपमा ऋण

काठमाडौँ — विदेशी कम्पनी तथा व्यक्ति र गैरआवासीय नेपालीले मुद्दती खातामा जम्मा गरेको पैसाका आधारमा बैंक तथा वित्तीय संस्थाले नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने भएका छन् । राष्ट्र बैंकले बिहीबार उक्त व्यवस्था गरेको हो ।

अब विदेशी मुद्राको निक्षेपमा ऋण

यसअघि यस्तो व्यवस्था थिएन । राष्ट्र बैंक मौद्रिक नीतिमार्फत उक्त घोषणा गरेको थियो ।


‘बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीहरूबाट कम्तीमा पनि दुई वर्ष अवधि भएको विदेशी मुद्रा मुद्दती निक्षेप संकलन गर्न सक्ने र यस्तो निक्षेपको शतप्रतिशतसम्म नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख छ ।


यो व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाले विदेशी व्यक्ति संस्था र गैरआवासीय नेपालीले मुद्दती निक्षेपमा जम्मा गरेको विदेशी रकम बराबर कर्जा नेपाली मुद्रामा प्रवाह गर्न पाउनेछन् । लगानीयोग्य रकम बढाउन भन्दै राष्ट्र बैंकले यो सुविधा दिएको हो । यसका लागि राष्ट्र बैंकले बिहीबार १६ बुँदे निर्देशन जारी गरेको छ । यस्तो निक्षेपको अवधि कम्तीमा दुई वर्ष हुनुपर्ने व्यवस्था गरेको छ ।


नयाँ व्यवस्थाअनुसार मुद्दती निक्षेपमा विदेशी संस्था तथा गैरआवासीय नेपालीले खोल्न पाउनेछन् । दुई वा दुईभन्दा बढी संस्था वा गैरआवासीय नेपालीको नाममा संयुक्त रूपमा समेत खाता खोल्न सकिनेछ ।


खाता डलरका साथै युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रियन तथा क्यानेडियन डलरमा पनि खोल्न पाइने व्यवस्था निर्देशनमा छ । विदेशी बैंकबाट लिएको ऋण र यस्तो निक्षेपको अंश प्राथमिक पुँजीको शतप्रतशित मात्र हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस्तो निक्षेप जम्मा गर्दा कम्तीमा १० हजार डलर बराबरको रकम निक्षेप गर्नुपर्ने व्यवस्था निर्देशनमा उल्लेख छ ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?