कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेश जाने कामदारलाई बैंक खाता अनिवार्य

काठमाडौँ — सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने व्यवस्था लागू गरेको छ । वैदेशिक रोजगार विभागले सोमबारदेखि परीक्षणका रूपमा यो व्यवस्था लागू गरेको हो ।

विदेश जाने कामदारलाई बैंक खाता अनिवार्य

वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुन्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा नियन्त्रण गर्न बैंक खाता अनिवार्य गरेको हो । खाता अनिवार्य गरिएपछि अब नेपाली कामदारले कमाएको पैसा बैंकमार्फत पठाउनुपर्छ ।


नेपाली कामदारले कमाएको पैसा बैंक खातामार्फत नल्याएको खुलेमा उसलाई अर्कोपटक श्रम स्वीकृति नदिइने विभागले जनाएको छ । अब श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ ।


विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा समेत बैंक खातासहितको विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?