कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रमण वर्ष : सरोकारवाला नै बेखबर

भ्रमण वर्ष सफल बनाउन कनेक्टिभिटी सहज गर्नुपर्छ । स्थल मार्गबाट सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकाको भने बेहाल छ । एक लेन बाटो लथालिंग छ । हिलो जमेर आवतजावत गर्नै मुस्किल हुन्छ ।
मनोज पौडेल

लुम्बिनी — सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी प्रचारप्रसार अभियान सञ्चालन गरे पनि लुम्बिनी र यस आसपासको क्षेत्रमा भने चहलपहल शून्यजस्तै छ । भ्रमण वर्ष सुरु हुन चार महिना मात्र बाँकी भए पनि न तयारी छ, न त जानकारी नै । स्थानीय सरकारदेखि सरोकारवाला सबै बेखबर छन् ।

भ्रमण वर्ष : सरोकारवाला नै बेखबर

‘संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको सुनेको छु,’ लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले भने, ‘अरू केही थाहा छैन ।’ यसका बारेमा कुनै छलफल र सोधपुछ कसैले नगरेको उनले बताए । उनीजस्तै लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले पनि भ्रमण वर्षबारे पत्रिकाबाट मात्र थाहा पाएको बताए । ‘के हुँदै छ, के गरिँदै छ हामी अनभिज्ञ छौं,’ उनले भने, ‘संघीय र प्रदेश मन्त्रालयमा योजना बन्दै होला ।’

अहिलेसम्म भ्रमण वर्ष मनाउने विषयमा लुम्बिनीमा सामान्य छलफल पनि नभएको शर्माको भनाइ छ । सरकारले ०७४ साउन २९ गते नै भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । ‘अहिलेसम्म तयारी सुरु भइसक्नुपर्थ्यो,’ होटल एसोसिएसन, लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘हामी पाहुनाको स्वागत गर्न आतुर छौं तर कुनै जानकारी र तयारी छैन ।’

समयमै जानकारीसम्म पाएको भए व्यवसायीले पाहुनालाई विशेष छुट दिने गरी आकर्षक प्याकेज र थप तयारी गर्न सक्ने उनले बताए । ‘अब त्यसका लागि ढिला भइसकेको छ । यस्तै अवस्था रहे यसअघिको लुम्बिनी भ्रमण वर्षभन्दा पनि दयनीय हुनेछ,’ श्रेष्ठले भने, ‘त्यसैले समयमै सरकारले विचार गर्नुपर्छ ।’

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एकवर्षे कार्ययोजनामा दर्जनभन्दा बढी योजना लुम्बिनीमा केन्द्रित गरेका छन् । ‘नयाँ केही छैनन्,’ स्थानीय पथप्रदर्शक प्रह्लाद यादवले भने, ‘पुरानै योजनालाई अद्यावधिक गरेर कार्ययोजना बनाइएको छ ।’

सन् २०१७ भन्दा २०१८ मा लुम्बिनीमा आन्तरिक पर्यटकको संख्यामा ६ प्रतिशतले कमी आयो । सहज अवस्था, राजनीतिक स्थिरता हुँदा पनि पर्यटक आगमन नबढेको उनले बताए ।

प्रकाशित : भाद्र १७, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?