कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिचोलियो दोर्दीखोलाको सुरुङ

आश गुरुङ

लमजुङ — दोर्दीखोलाको सबैभन्दा तल्लो क्षेत्रमा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । आयोजना २७ मेगावाटको हो ।

छिचोलियो दोर्दीखोलाको सुरुङ

निर्माणकार्य ढिलाइ हुँदै गएको आयोजनाका लागि निर्मित २ हजार ७ सय ८० मिटर सुरुङको आइतबार छिचोलिएको हो । यसको अडिट टनेल छैन ।

इनलेट (सुरुङ सुरु हुने ठाउँ) बेंसीसहर नगरपालिका–११ (साविक चिती–४) रियाले र आउटलेट साविक चिती ७ रामचोकमा रहेको छ । आउटलेटबाट पावर हाउससम्म ७ सय मिटरको पेनस्टक छ । हेडवर्क्सबाट इनलेटसम्म ३ हजार २ सय फलामे हेडरेस पाइपलाइन रहनेछ । यसको करिब ६ सय मिटर जडान मात्रै बाँकी छ ।

प्रवर्द्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडले उक्त आयोजनाको निर्माणकार्य २०७१ फागुनबाट थालेको थियो । सुरुङको निर्माणकार्य ४ वर्षअघि थालिएको थियो । सुरुमा इको इन्फ्रा विल्डरले निर्माण थालेकामा १ वर्षमा ५ सय मिटर मात्रै सुरुङ खनेपछि ‘प्रोग्रेस एचिभ’ नगरेको भन्दै हटाएर निर्माण कम्पनीले मल्टी इन्फ्रा इन्स्ट्रक्टर डेभलपमेन्ट कम्पनीलाई नियुक्त गरेको थियो ।

करिब ३ वर्षमा सुरुङ खन्नेकार्य सकिएसँगै आइतबार निर्माण कम्पनीका निर्देशक चन्द्रप्रसाद ढकाल, कार्यकारी निर्देशक गुरुप्रसाद ढकाललगायतले सुरुङको छिचोलेका हुन् । सुरुङभित्र कंक्रिट लाइनिङ सुरु हुने आयोजनाका इन्जिनियर दीपक ज्ञवालीले बताए ।

सुरुमा ३ वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको थियो । पछिल्लो समय शनिबार उत्पादन मिति तोकिएकामा निर्माण कार्य नसकिएपछि ६ महिना निर्माण अवधि लम्बिएको छ । फागुन १४ गते निर्माणकार्य सकेर विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताए ।

उनका अनुसार सुरुमा २०७२ वैशाख १२ गतेको भूकम्प, त्यसपछिको भारतीय नाकाबन्दीले काम गर्न दिएन । हरेक वर्ष बर्खायामको बाढीपहिरोले आयोजना निर्माणकार्य ढिलाइ भएको हो । गत वर्ष मर्स्याङ्दी बढेर पावर हाउस क्षेत्रमा क्षति पुगेको र दुईजना कामदार बगाएको थियो ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?