कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेजन अध्यक्षमा गौतम

रासस

काठमाडौँ — नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २० औँ अधिवेशनले भीमप्रसाद गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

सेजन अध्यक्षमा गौतम

नवगठित समितिको उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेल रहेका छन् । यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् ।


राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उद्घाटन अधिवेशनको उद्घाटन गरेका थिए । उनले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको भन्दै संवेदनशील भई सञ्चार कर्ममा क्रियाशील हुन पत्रकारलाई आग्रह गरेका थिए ।


गभर्नर नेपालले सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भूमिका छायाँमा परेकाले थप सचेतता जरुरी रहेको बताए । कार्यक्रममा सेजनका पूर्वअध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारितालाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : भाद्र १४, २०७६ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?