कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनालाइसेन्स सञ्चालित इन्टरनेट सेवा प्रदायक बन्द

काठमाडौँ — अनुमतिबिना तनहुँको दमौलीमा सञ्चालित एक इन्टरनेट सेवा प्रदायक नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गराएको छ । युनिक डिजिटल नेटवर्क प्रालिको नाममा ८ सय ग्राहक बनाएर इन्टरनेट सेवा प्रदान गरिरहेको कम्पनीमा प्राधिकरणबाट खटिएको टोलीले शिलबन्दी गरेको अनुगमन विभाग निर्देशक विजय रोयले जानकारी दिए ।

‘इन्टरनेट सेवा प्रदान गर्दा अनिवार्य अनुमति पत्र लिनुपर्ने व्यवस्था भएकाले उक्त कम्पनीले दिइरहेको सेवा अवैध थियो,’ उनले भने,‘शिलबन्दी गरेका छौं अब के कारबाही गर्ने निर्णय सञ्चालक समितिको हो ।’ उनका अनुसार अनुमतिबिना इन्टरनेट सेवा वितरण गर्ने व्यक्ति वा कम्पनीलाई ५ लाखसम्म जरिवाना र उपकरण जफत हुने कानुनी प्रावधान छ । ‘कम्पनीले उपभोक्ताबाट उठाएको मासिक शुल्क हेर्दा उसको न्यूनतम आम्दानी कम्तीमा पनि ९ लाख देखिन्छ,’ उनले भने, ‘माघदेखि यो सेवा सञ्चालन भएको रहेछ ।’


भदौ ४ गते प्राधिकरणको टोलीले गरेको सिलबन्दीपछि अहिले कम्पनीलाई कानुनी कारबाहीको तयारी अघि बढाइएको छ । युनिक डिजिटलले अर्को इन्टरनेट सेवा प्रदायक क्लासिकटेक मार्फत ब्यान्डविथ खरिद गरी इन्टरनेट वितरण गरेको उनले जानकारी दिए । व्याण्डवीथ उपलब्ध गराउने कम्पनीलाई समेत कारबाही हुन सक्ने रोयले बताए ।


उक्त कम्पनीले यसअघि डिजिटल तनहुँ प्रालिका रुपमा इन्टरनेट वितरण गर्दै आएको थियो । प्राधिकरणका रेवतीरमण पन्तको संयोजकत्वमा गएको अनुगमन टोलीले सिलबन्दी गरेको हो ।

प्रकाशित : भाद्र १०, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?