कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन प्रवर्द्धनमा ढाका उद्योग जोड्ने

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० सँगै ढाका उद्योगलाई जोड्ने व्यवसायीले बताएका छन् । ‘ढाका हाते तान बुनाई हो नै र यो प्राचीन परम्परागत सीप पनि हो,’ चार दशकभन्दा ढाका उद्योगमा संलग्न कल्पना योङहाङ लिम्बुले भनिन्, ‘ढाका बुनाई नेपाली जाति र जनजीवनसित जोडिएको हुनाले यसलाई पर्यटनसँग जोड्ने उद्देश्य र लक्ष्यसहित अघि बढेका छौं ।’

पर्यटन प्रवर्द्धनमा ढाका उद्योग जोड्ने

दि हाइल्याण्ड आर्ट सजिलो ट्राभल एण्ड टुर्सले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।


‘विशेषगरी प्रदेश नं.१ को लिम्बु जातिको पहिचानलाई लिएर घरेलु उद्योगका रूपमा विकास भएको ढाकाको प्रवर्द्धन गरिनेछ,’ आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय जनजीवन बुझ्न सघाउ पुर्‍याउने उल्लेख गर्दै व्यवसायी लिम्बुले भनिन्, ‘सरकारले पर्यटन वर्ष घोषणा गरेपछि हामीले आ–आफ्नो ठाउँ र व्यवसायबाट समेत प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले यो अवधारणा अघि सारिएको हो ।’


लिम्बु समुदायमा ढाकालाई मौलिक, सामाजिक, सांस्कृतिक, धार्मिक परम्परासित जोडेर विकास गर्दै आएको जनाइएको छ । भ्रमण वर्षभित्र पूर्वका ढाका उद्योगीहरूको सामूहिक प्रयासबाट जनचेतना अभियान तथा यसको प्रवर्द्धनमा जोड दिइने जनाइएको छ ।


ढाका उद्योगलाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायी कल्पना योङहाङ लिम्बु । तस्बिर : कान्तिपुर


प्रकाशित : भाद्र ६, २०७६ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?