अन्नपूर्णमा थाई फुड फेस्टिभल 

कान्तिपुर संवाददाता

काठमाडौँ — दरबारमार्गस्थित होटल अन्नपूर्णमा थाई फुड फेस्टिभल सुरु भएको छ ।

आइतबारसम्म जारी रहने फेस्टिभलमा तोमयाम सुप, क्रिप्सी फिस सुप, ग्रिन करी, फ्ल्याट नुडल्सलगायत सी फुड राखिएका छन् । यी खान्की बनाउन थाई सेफ पानिती च्यान्टासाकोर्नसहितको टोली रहेको विज्ञप्तिमा उल्लेख छ । यी खान्कीहरू हरेक दिन १२ बजेपछि होटलको अरनिको रुममा उपलब्ध हुन्छन् ।

प्रकाशित : भाद्र ४, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्

ट्रेकिङ गाइडलाई तालिम

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरियाली दूतावास र कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसियसन अफ नेपालले (किटोन) ले ५५ जना नेपाली ट्रेकिङ गाइडलाई तालिम पर्यटकको उद्धार र उपचारसम्बन्धी तालिम प्रदान गरेको छ ।

पर्यटन बोर्डमा मंगलबार आयोजना गरिएको तालिममा नेपालमा कोरियन पर्यटकलाई व्यवस्थापन गर्ने टुर तथा ट्रेकिङ कम्पनीका गाइड तथा सहायक गाइड थिए । कार्यक्रममा कोरियाली राजदूत पार्क योङ सिक तथा किटोनका अध्यक्ष अमरबहादुर शाहीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । अध्यक्ष शाहीले विगत ५ वर्षको अवधिमा नेपाल भ्रमण गर्ने कोरियाली पर्यटक उल्लेख्य बढेको बताउँदै आगामी भ्रमण वर्षमा अझै बढ्ने बताए ।

प्रकाशित : भाद्र ४, २०७६ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्