कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यवसायीलाई सेन्चुरीको बैंक ग्यारेन्टी 

काठमाडौँ — सेन्चुरी कमर्सियल बैंकले विप्रेषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरूलाई बैंक ग्यारेन्टी सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले १ करोड ५० लाख रुपैयाँको बैंक ग्यारेन्टी ५ वर्षका लागि जारी गर्ने जनाएको हो । त्यसमा नगद मार्जिन २० लाख र कमिसन चार लाख मात्र हुने बताइएको छ । साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारका लागि विशेष खाता सुविधा पनि रहेको जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?