बैंक तथा वित्तीय संस्थालाई बाध्यात्मक मर्जरको संकेत  

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको मर्जर सम्बन्धी बाध्यात्मक व्यवस्था ल्याउने संकेत राष्ट्र बैंकले दिएको छ । 

बजेटमा सरकारले ठूला मर्जरलाई प्रोत्साहन गरिने नीति लिइसकेकाले अब बाध्यात्मक मर्जरमा जानुपर्ने अवस्था आउनसक्नेतर्फ उनले इंगित गरे । ‘स्वेच्छिक रुपमा मर्जरमा जानुस् भनेर धेरै भनियो,’ गभर्नर चिरञ्जिवी नेपालले भने, ‘अब यो छुट मौद्रिक नीति नआउँदासम्म मात्र हो । मौद्रिक नीति जारी भएपछि त्यो छुट पाइनेवाला छैन ।’

आइबीएन मिडिया एण्ड रिसर्च सेन्टरले सोमबार आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् । ‘उपलब्ध लगानीयोग्य पुँजीलाई एकिकृत गरी लगानी सही ठाउँमा लगानी गर्न र सूचना प्रविधिको लागत कम गर्न, अहिले प्रमुख यी दुई कारणले मर्जर अपरिहार्य छ,’ उनले भने ।

छलफलमा राष्ट्र बैंकले स्वेच्छिक मर्जरलाई प्राथमिकता दिनु पर्ने सुझाव आएकोथियो । ती सुझावलाई सम्बोधन गर्ने क्रममा बाध्यात्मक मर्जरलाई ‘मागी विवाह’ र स्वेच्छिक मर्जरलाई ‘प्रेम विवाह'सँग तुलना गर्दै उनले भने, ‘अब प्रेम विवाहको समय धेरै छैन, मौद्रिक नीति नआउँदासम्म मात्र हो ।’

राष्ट्र बैंकले सुक्ष्म रुपमा बजारको वस्तुस्थिति अध्ययन गरेरै नीति निर्देशन जारी गर्ने भएकाले शंका नगर्न उनले आग्रह गरे । बैंक तथा वित्तीय संस्थालाई जिम्मेवार बन्न पनि उनले निर्देशन दिए । समाज र राष्ट्रप्रति जिम्मेवार नभएकै कारण राष्ट्र बैंकले समय–समयमा कठोर कदम चाल्नु परेको राष्ट्र बैंकका गभर्नर नेपालले बताए ।

प्रकाशित : असार ९, २०७६ १३:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु 

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाको भीरकोट नगरपालिका–५ मा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पानी भएको खेतमा ट्याक्टरको अगाडिको भाग जोतिन जाँदा भीरकोट–१ का ३८ वर्षीय शिव कर्माचार्यको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । 

भीरकोटको पकानस्थित खेत जोतेर आइतबार राति घर फर्किने क्रममा ग१त ५०८१ नम्बरको ट्रयाक्टर भित्री कच्ची सडकखण्डमा पल्टिएको प्रहरीले जनाएको छ । मृत्यु हुने कर्माचार्य ट्याक्टर मालिक रहेको प्रहरीले बताएको छ ।

उनलाई ट्रयाक्टरको अगाडिको भागले च्यापिएको अवस्थामा भेटाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारको क्रममा डाक्टरले उनलाई मृत्त घोषणा गरेको भण्डारीले बताए ।

प्रकाशित : असार ९, २०७६ १२:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×