१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मानसरोवर यात्रा : भिसा नआउँदा २० भारतीय फर्किए

छपाल लामा

सिमकोट — भिसाबिनै मानसरोवर जानका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्रु बुधबार नेपालगन्ज फर्किएका छन् । ती यात्रुहरू सन्नी ट्राभल एजेन्सीमार्फत मानसरोवर जान हिँडेका थिए ।

मानसरोवर यात्रा : भिसा नआउँदा २० भारतीय फर्किए

एजेन्सीले यात्रुलाई सिमकोट पठाएर पछि भिसा पठाउने गर्छ । भिसाका लागि आवेदन पेस गरिएका ७५ मध्ये २० जनालाई चिनियाँ दूतावासले भिसा नदिएको सन्नीका प्रबन्धक निमा लामाले बताए । ‘खै कुन कारणले हो, उहाँहरूको भिसा आएन,’ उनले भने, ‘त्यसैले सिमकोट आएर पनि फर्किनुपर्‍यो ।’ यात्रु फिर्ता हुँदा आफूलाई दुःख लागेको उनले बताए ।


तीर्थयात्री रेसम तलबारले कैलाश मानेसरोवरको दर्शन गर्न आएर पनि फिर्ता हुनुपर्दा नरमाइलो लागेको बताए । उनले भिसा

नपाउनुको कारण के हो भन्नेबारे आफूलाई जानकारी नभएको बताए । ‘पहिल्यै थाहा भएको भए त यहाँ आउने नै थिएनौं,’ उनले भने, ‘जहाजबाट हुम्ला आएपछि मात्र भिसा नआएको थाहा पाइयो ।’ बुधबार सिमकोट पुगेर सोही दिन हिल्सा हुँदै मानसरोवरका लागि जाने तयारी रहेको भए पनि योजना असफल भएको उनले बताए ।


हुम्ला पुगेर पनि फर्किनुमा यात्रुहरूले ट्राभल एजेन्सीलाई दोष दिएका छन् । भिसा ‘कन्फर्म’ नगरी यात्रामा हिँडाउँदा यस्तो अवस्था आएको अर्का एक तीर्थयात्रीले बताए । ‘हामीबाट अग्रिम पैसा मागेर लगे, भिसा भइहाल्छ भनेर हुम्लासम्म ल्याए,’ ती तीर्थयात्रीले भने, ‘आखिर अहिले आएर अनाहकमा दुःख पाइयो ।’


७ सय तीर्थयात्री मानसरोवर

बुधबारसम्म मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्या ६ सय ९२ पुगेको छ । तीमध्ये ३ सय ५९ पुरुष र ३ सय ३३ महिला रहेका छन् ।


तीर्थयात्रीलाई सिमकोटबाट हिल्सासम्म पुर्‍याउन र ल्याउन निजी हेलिकोप्टर कम्पनीलाई भ्याइनभ्याई छ । अहिले सिमकोटमा सिम्रिक र समिट एयरका दुई/दुई र माउन्टेन एयरको एक हेलिकप्टर छन् । सिम्रिक एयरका प्रतिनिधि कमल गौतमले बिहानदेखि बेलुकीसम्म उडान भर्ने गरिएको बताए ।


(प्रशिक्षार्थी)

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?