कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अम्लिसोको सिटाबाट कमाइ

इलाम — बहुउपयोगी अम्लिसोको फूल र पातलाई सदुपयोग गर्दै आएका यहाँका कृषकले सिटाबाट पनि कमाइ गर्न थालेका छन्  । रोङ गाउँपालिका ५ इरौटार र ६ जिर्मलेका केही किसानले अम्लिसोको सिटा बेचेर राम्रो आम्दानी गरिरहेका हुन्  ।

पछिल्लो समयमा भने बोट काटेर पशुलाई खुवाएर बाँकी रहेको सिटाबाट समेत आम्दानी लिने क्रम बढेको हो । किसानबाट प्रतिकेजी पाँच रुपैयाँमा किनेको सिटा व्यपारीले झापाको उद्योगमा पुर्‍याएर दस रुफैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । अम्लिसोको सिटासमेत बित्री हुन थालेपछि किसानलाई दोहोरो फाइदा हुने भएको छ ।

सिजनमा प्रतिदिन तीन पिकअप सिटा झापा जाने गरेको छ । सिटालाई कुचो उत्पादन उद्योगमा बिक्री गरिन्छ । कुचोलाई आकर्षक बनाउन सिटा प्रयोग हुने व्यवसायीको भनाइ छ । उनीहरूका अनुसार सिटाबाट राम्रो कागज निर्माण हुने भनिए पनि कागज उद्योगसम्म किसानले सिटा बिक्री गर्न सकेका छैनन् ।


स्थानीय सरकारले यसको महत्त्वलाई ध्यानमा राखेर बजार व्यवस्थान गरे राम्रो आम्दानीको स्रोत बन्ने इरौटारकी विमला राईले बताइन् । जिल्लाका हरेक गाउँमा अम्लिसो उत्पादन भएकाले जिल्लास्तरमा नै यसको उपयोग गर्ने कारखाना सञ्चालन गरेर कृषकलाई अतिरिक्त आम्दानीको स्रोत बनाउनुपर्ने कृषकको भनाइ छ ।

पशुले खाइसकेपछि बचेको सिटालाई कृषकले जलाएर नष्ट गर्ने गरेका थिए । वैकल्पिक प्रयोगमा ल्याउन सकिने भएकाले धूवाँमा जाने वस्तुलाई आम्दानीको स्रोत बनाउन सकिने भएकाले सरोकारवालाले पहल गर्नुपर्ने स्थानीयको बुझाइ छ ।


इलामलाई ‘५ अ’ को जिल्ला पनि भनिन्छ । अलैंची, अम्रिसो, ओलन, अकबरे र अदुवाको खेती गर्ने यहाँका किसान वैकल्पिक खेतीमा पनि संलग्न हुन थालेका छन् । उनीहरूले अम्रिसोको कुँचो बिक्री गरेर मनग्य आम्दानी लिइरहेका छन् ।

प्रकाशित : वैशाख २३, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?