अन्तर्राष्टिय नाट्य महोत्सव २०७९ सम्पन्न

काठमाडौँ — दयाहाङ राई र विकास जोशी निर्देशित नाटक 'कुभिन्डाेकाे कथा' मञ्चन गर्दै दाेस्रो 'नेपाल अन्तर्राष्टिय नाट्य महाेत्सव २०७९' काे समापन भएकाे छ ।

अन्तर्राष्टिय नाट्य महोत्सव २०७९ सम्पन्न

'सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव' नाराका साथ मंसिर ९ देखि १७ सम्म महोत्सव योजना भएकाे हाे ।

अर्थमन्त्री जनार्दन शर्मा, संगीत तथा नाट्य संस्थानका उपकुलपति हरिहर शर्मालगायत रंगकर्मीहरु महाेत्सव समापन समारोहमा उपस्थित थिए । समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संस्कृतिको संगम निर्माणमा महाेत्सवले भूमिका खेलेकाे बताए ।

'कलाले एउटा ज्ञान बाेकेको हुन्छ, समग्र समाजलाई आह्वान गरिरहेको हुन्छ । त्यसकाे आफ्नै महत्त्व छ,' उनले भने,'अन्तर्राष्ट्रिय नाटक महाेत्सव गरेर अन्तर्राष्ट्रिय स्तरकाे सँस्कृति, कला र अभिनयमार्फत त्यसलाई सहकार्य गर्ने, सँस्कृतिकाे संगम निर्माण गर्ने याे प्रयास प्रशंनीय छ ।'

महाेत्सवकी निर्देशक सृजना सुब्बाले महाेत्सवले जीवनतर्फ फर्काउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। 'रंगमञ्च आफैंमा महत्त्वपूर्ण कलाकाे संगमस्थल हाे। रंगमञ्चलाई जीवनतर्फ फर्काउनका लागि र जीवनलाई रंगमञ्चमा फर्काउनका लागि यस्ता महाेत्सवकाे महत्त्वपूर्ण भूमिका रहन्छ,'उनले भनिन्,'समृद्ध समाज र सुन्दर जीवनका लागि रंगमञ्च, कला र साहित्यकाे आवश्यकतालाई जिम्मेवार निकाय र आम रुपमा पुर्‍याउन नेपाली रंगमञ्च प्रतिबद्ध छ।हामी याे प्रतिबद्धता राज्यस्तरबाट पनि उत्तिकै चाहन्छौं ।'

९ दिनसम्म आयाेजना भएकाे महाेत्सवमा भारतीय अभिनेत्री तथा रंगकर्मी शबना आजमीले मास्टरक्लास दिएकी थिइन् ।महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु मञ्चन भए ।

प्रकाशित : मंसिर १८, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?