कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जैशीको उपन्यास 'बाँठी' सार्वजनिक

काठमाडौँ — लेखक शिवप्रसाद जैशीको उपन्यास 'बाँठी' सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री भीम रावलले पुस्तक सार्वजनिक गरेका हुन् ।

जैशीको उपन्यास 'बाँठी' सार्वजनिक

महिलामा हुने बाँझोपनले झेल्नु पर्ने सामाजिक विभेदलाई जैशीले उपन्यासको विषयवस्तु बनाएका छन् । अछामीहरुले बाझोपन भएको महिलालाई बाँठी भन्ने गरेका छन् । उपन्यासमा बाँझोपनको समस्या रहेकी गौमतीलाई मुख्यपत्रको रुपमा उभ्याइएको छ ।

कार्यक्रममा समीक्षकहरुले उपन्यासको कथा, भाषा, परिवेश र संस्कृतिमा अछामी आञ्चलिकता झल्किने बताए । उपन्यास भूडी प्रशासनले प्रकाशित गरेको हो ।

प्रकाशित : असार ९, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?