कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच पत्रकारले पाए फोनिज पुरस्कार  

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पाँच पत्रकारलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’प्रदान गरेको छ । फोनिजको २३औं वार्षिकोत्सवका अवसरमा शुक्रबार उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पाँच पत्रकारले पाए फोनिज पुरस्कार  

पुरस्कृत हुनेमा सुनसरीका गोपाल देवान, काठमाडौंकी अनिता गुरुङ, चितवनका राजु चौधरी र उदयपुरकी अप्सरा समाल छन् ।

त्यस्तै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकका सम्पादक पदम राईलाई प्रदान गरिएको छ । उक्त पत्रिका विगत १८ वर्षदेखि बान्तावा राई भाषामा प्रकाशित छ । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, फोनिजका अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललगायतले उक्त पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

त्यसैगरी फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पूर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई सम्मान गरिएको थियो ।

प्रकाशित : श्रावण २७, २०७९ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?