कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा बहुभाषिक नाट्य उत्सव

काठमाडौँ — देशभरिका विविध भाषा र संस्कृतिलाई समेटेर काठमाडौंमा आइतबारदेखि बहुभाषिक नाट्य उत्सव हुने भएको छ ।

काठमाडौंमा बहुभाषिक नाट्य उत्सव

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र स्कुल अफ थिएटरले संयुक्त रुपमा विभिन्न जातिजातिका भाषा तथा संस्कृतिलाई संरक्षण, संवर्द्धन गर्ने हेतुले नाट्य उत्सव गनर्न लागेको हो ।

१८ गतेसम्म चल्ने नाट्य उत्सवमा देशभरिबाट प्रतिष्ठानलाई प्राप्त भएका नाटकहरुमध्ये छनोट भएका विभिन्न भाषा–भाषीका ७ वटा नाटकहरु मञ्चन हुनेछन् ।

थपागाउँस्थित कुञ्च थिएटर आरोहण गुरुकुलमा हुने नाट्य उत्सवमा लाप्चा उत्थान मञ्च इलामबाट लाप्चा भाषाको ‘स्वर्ग जाने सिँढी', पुरानो घर समूह रौतहटको थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज ओखलढुङ्गाबाट राई भाषाको ‘सुश्री सुम्निमा’, रंगभूमि एकेडेमी धरानबाट तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’ सुम्निमा थिएटर ललितपुरबाट पुमा भाषाको ‘होङ्छा’, चुलाचुली रंगमञ्च इलामबाट लिम्बू भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र जुम्लाबाट अवधि भाषाको ‘कुटिरो’ नाटकहरु मञ्चन हुनेछन् ।

नाट्य उत्सवले मुलुकभरीका भाषा र संस्कृतिलाई एकै ठाउँमा ल्याउने रंगकर्मी तथा प्रतिष्ठानका प्राज्ञ निशा शर्माले बताइन् । ‘पूर्वदेखि पश्चिमसम्म हाम्रा थुपै्रै भाषा र संस्कृतिहरु छन्’, उनले भनिन्,‘पूर्वका मान्छेलाई पश्चिमको भाषा र संस्कृति थाहा छैन । नाट्य उत्सवमा नाटककै माध्यममा भएपनि एक अर्काको भाषा, संस्कृति बुझ्ने र सिक्ने अवसर प्राप्त हुन्छ ।’ उनका अनुसार उत्सवका लागि डेढ दर्जनभदा बढी नाटकहरु प्राप्त भएपनि भाषा र भौगोलिक महत्त्वअनुसार छनोट गरिएको छ ।

प्रकाशित : असार ११, २०७९ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?