कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

काठमाडौँ — लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाडौंको अग्रवाल सेवाकेन्द्र भवनमा आयोजित समारोहका बीच तीन स्रष्टालाई सम्मान गरिएको हो । 

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो । सम्मानित तीनै स्रष्टा जेष्ठ नागरिक हुन् ।

समारोहमा प्रा.डा. उषा ठाकूर र साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले संयुक्त रुपमा तीन स्रष्टाहरुलाई नगद जनही १ लाख ५१ हजार, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

साहित्यकला मन्दिरले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ । हालसम्म साहित्यकला मन्दिरले करिब १० दर्जन स्रष्टाहरुलाई सम्मान गरिसकेको छ ।

स्रष्टा सम्मान समारोहमा सम्मानित भएका स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धरले साहित्यकला मन्दिरले लामो समयदेखि सह्रानीय काम गरिरहेको र यही कामका कारण साहित्य कलाको क्षेत्रमा यसले विशिष्ट स्थान बनाइसकेको बताए । उनले साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले स्रष्टाहरुलाई सम्मान गर्ने कामको सुरुवात २८ वर्षअघि नै गरेको र अहिले यसले परम्पराको रुपमा निरन्तरता पाएकोमा खुशी व्यक्त गरे ।

साहित्यकला मन्दिरका अध्यक्ष तथा कवि तथा गीतकार बसन्त चौधरीले ‘स्रष्टा सम्मान’को २८ औं वर्षको उत्सव मनाउन पाउादा आफूलाई खुशी लागेको बताए । उनले सिर्जनामार्फत समाजका हरेक क्षेत्र प्रतिबिम्बित हुने उल्लेख गर्दै सिर्जना समाजलाई नजिकबाट नियाल्ने ऐना रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. उषा ठाकुरले बसन्त चौधरीले साहित्य तथा कला क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेकी थिइन् । साहित्यकला मन्दिरले प्रत्येक वर्ष स्रष्टा सम्मान तथा विभिन्न कृतिहरु समेत प्रकाशन गर्दै आएकोमा बधाई दिंदै यस्तो कामले निरन्तरता पाउने अपेक्षा समेत व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बसन्त चौधरी फाउण्डेसनका उपाध्यक्ष मेघा चौधरीले अग्रजलाई आदर र नयाालाई प्रोत्साहन गर्ने आफूहरुको परिवारको परम्परा नै रहेको उल्लेख गर्दै आगामी दिनमा साहित्य कला क्षेत्रको उन्नयनमा अनवरत लागिरहने प्रतिबद्धता जनाइन् ।

समारोहमा डा. अस्मिता अर्यालद्वारा रचित पुस्तक ‘मैले बुझेको दुनियाा’को लोकार्पण समेत गरिएको थियो ।

प्रकाशित : वैशाख २७, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?