कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाटक ‘लाटीको छोरा’ मञ्चन हुँदै

काठमाडौँ — काठमाडौंको सिनामंगलस्थित‘पुरानो घर’थिएटरमा नाटक ‘लाटीको छोरा’मञ्चन हुने भएको छ । बिहीबार नाटकको विशेष मञ्चन भएर पुस ३० देखि माघ ९ गतेसम्म नियमित मञ्चन हुने थिएटरका संस्थापक तथा रंगकर्मी सिर्जना अधिकारीले बताइन् ।

नाटक ‘लाटीको छोरा’ मञ्चन हुँदै

श्याम शाहको कथामा आधारित भएर बनाइएको नाटकको लेखन तथा निर्देशन रंगकर्मी सूलक्षण भारतीले गरेका छन् । अधिकारीकाअनुसार ‘लाटीको छोरा’समाजमा टाठाबाठा र व्यवस्थाको मारमा शोषित हुन बाध्य भएका भुइँमान्छेको कथा हो ।

‘नाटकले सम्पूर्ण राज्य र त्यसको व्यवस्थाको झलकदिएको छ’, अधिकारीले भनिन् । उनकाअनुसार नाटकमा मुख्य भूमिकामा कलाकार सरिता भुजेलले अभिनय गरेकी छन् । गत असोजदेखि सञ्चालनमा आएको थिएटरले यसअघि भारतीकै लेखन, निर्देशन तथा अभिनयमा नाटक ‘म’ मञ्चन गरेको थियो ।


प्रकाशित : पुस २९, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?