कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणपछि लता मंगेशकर अस्पताल भर्ना

काठमाडौँ — भारतीय विख्यात गायिका लता मंगेशकरलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगेशकरलाई सामान्य लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको एएनआईले जनाएको छ । 

कोरोना संक्रमणपछि लता मंगेशकर अस्पताल भर्ना

मंगेशकरलाई आईसीयूमा राखिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

९२ वर्षीया मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी छन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी छन् ।

प्रकाशित : पुस २७, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?