कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

मलेसियाले मनायो ६६औं स्वतन्त्रता दिवस

नान/सिन्हवा

काठमाडौँ — मलेसियाले६६ औं स्वतन्त्रता दिवस मनाएको छ । बिहीबार देश स्वतन्त्र भएको ६६औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । बुधबार मध्यरातपछि हजारौँ मलेसियालीहरू देशभक्त गीत र अन्य गतिविधि गरेर ६६औं वर्षदिन मनाएका थिए ।

मलेसियाले मनायो ६६औं स्वतन्त्रता दिवस

बिहीबार बिहान पुत्रजयाको प्रशासनिक केन्द्रमा राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहको निरीक्षणमा परेड उत्सव समापन भएको थियो ।

मलेसियाका राजासँगै प्रधानमन्त्री अनवर इब्राहिम,मन्त्रिपरिषद्का सदस्यहरू र अन्य अधिकारीका साथै हजारौँ सैनिक, नागरिकहरू उपस्थित थिए ।

जनतालाई सम्बोधन गर्दै राजा सुल्तानले दक्षिणपूर्वी एसियाली देशको सद्भाव र कल्याणका लागि एकता महत्त्वपूर्ण भएको बताए । अगस्ट ३१, १९५७ मा तत्कालीन मलाया संघले ब्रिटिस शासनबाट स्वतन्तत्रा पाएको थियो ।

प्रकाशित : भाद्र १५, २०८० १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?